कृषि विकास बैंकको २१ दशमलव ७९ प्रतिशत लाभांश घोषणा

Dec Mon 2020 07:58:37

999 views

कृषि विकास बैंकको २१ दशमलव ७९ प्रतिशत  लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंकले कुल २१ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साथै हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।