नेप्से १५४५हुदा शेयर बजारमा उछाल, ४३ अंकले नेप्से यसरी दौडियो

Feb Tue 2020 03:12:28

नेप्से १५४५हुदा शेयर बजारमा उछाल, ४३ अंकले नेप्से यसरी दौडियो

 मंगलबार शेयर बजारमा हराभरा छाएको छ । कारोबार खुलेलगत्तै दोहोरो अंकले घटेको बजार एकघण्टापछि ४३ अंकले माथि उक्लियो र १५४५.१९ को विन्दूमा पुगेर बन्द भयो । 

करिब ३ अर्बको सेयर कारोबार भएको यो दिन एकदर्जन बढी कम्पनीका लगानीकर्ताको सम्पत्ति ह्वात्तै बढ्यो । 

नेप्से चाँडै २००० को विन्दूमा पुग्ने विश्लेषकहरुले बताइरहेका छन् ।

जीवन बिमा समूह, अन्य समूह, व्यापार, जलविद्युत र निर्जीवन बिमा समूहमा उछालको अवस्था देखियो । जीवन बिमा समूह यो दिन  ६७३.४९ अंकले बढ्यो भने निर्जीवन बिमा समूहमा ३०७.०९ अंकको बढोत्तरी भयो । जलविद्युत समूहमा ४६.५१ अंकको उछाल आयो । 

बैंकिङ समूह १२.८९ अंकले बढेको यो दिन व्यापार समूहमा ४७.०९, होटल समूहमा ११.२२ अंक, विकास बैंक समूहमा ४४.४९ अंक, बित्त समूहमा १९.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११८.४२ अंक, माइक्रो फाइनान्स समूहमा ८३.४४ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी भयो ।