फाइनान्स कम्पनीमा लगानीकर्ता किन तानिए ?

Feb Wed 2021 06:31:28

701 views

फाइनान्स कम्पनीमा लगानीकर्ता किन तानिए ?

काठमाडौं । बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ता झुम्मिँदा नेप्से परिसूचक ८।६६ अंकले बढेर २५४३।०३ अंकमा पुगेको छ ।  

बुधबारको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गोर्खा फाइनान्स, गुहेश्वरी फाइनान्स, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स र कुमारी बैंक छन् । त्यसैगरी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा ग्लोवल आइएमइ बैंक, प्रभु बैंक, कुमारी बैंक, शिखर इन्स्योरेन्स र एनसीसी बैंक छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा साधना लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, साल्ट ट्रेडिङ, बोटलर्स नेपाल तराइ र उन्नती सहकार्य लघुवित्त कम्पनी छन् ।


आजको कारोबारमा ५८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै ९५ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने मूल्य स्थिर छ ।