Feb Wed 2020 09:36:55
638 views
नेप्से एक महिनामै ३०० अंकले बढ्दै दैनिक कारोबार रकमसमेत ४ अर्ब नाघेको छ । नेप्से परिसूचकको उछाल लघुवित्त समूह पछि बिमा हुँदै हाल बैंकिङ समूहसम्म सर्ने अभ्यास देखिन थालेको छ भने हाइड्रो समूहमा समेत लगानीकर्ताहरुले ध्यान दिन थालेका छन् ।
नेप्सेको अनलाइन प्रणालीका केही कमजोरीका बाबजूद पनि अनलाइन लगइन लिई धितोपत्र कारोबार गरेकै कारणसमेत भोल्यूमलाई ठूलो टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १३०० क्रस भएपछि म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीहरु पनि आक्रामक ढंगले सेयर खरीद गरिरहेका छन् ।
बैंकबाट सहजरुपमा ऋण पाइनू, मारवाडी समुदायका ग्राहकहरु पनि हाल सेयर बजारमा प्रवेश गरिसक्नु र पुराना लगानीकर्ताहरुलगायत सबैको कमब्याकले समेत नेप्से बढेको हो ।
एउटा अवरोध पार गरेपछि नेप्से १७३१ हुदै २०२८ को विन्दू तर्फ उक्लने र निकट समयमा नै बैंकिङ सेक्टरमा अभूतपूर्व उछाल आउने शेयर विश्लेषक टंकराम गौतम बताउछन् ।