नेप्से १६५० बिन्दुतिर, वाणिज्य बैंकहरुका शेयरधनी भए मालामाल, दैनिक कारोबार चार अरब माथि

Feb Thu 2020 08:29:30

468 views

नेप्से १६५० बिन्दुतिर, वाणिज्य बैंकहरुका शेयरधनी भए मालामाल, दैनिक कारोबार चार अरब माथि

सेयर बजारले बिहीबार पुनः नयाँ रेकर्ड हासिल गरेको छ । बिहीबारको बजारमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै ऐतिहासिक सेयर कारोबार हो ।

बिहीबार  बजारमा नेप्से परिसूचक पनि ३६.०५ अंकले बढेर १६३२.१७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशतले बढी हो । 

एनआईसी एशिया बैंक, एनएमबि बैंक, नबिल बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् । सबैको साढे १० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

बिहीबार कारोबारमा आएका १२ वटा समूहमध्ये तीन वटा उकालो लागेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । उकालो लाग्नेमा सबैभन्दा बढी बैंकिङ्ग समूह ८३.२९ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक ३८.६५ र उत्पादनमूलक समूह १६.४५ अंकले बढेका छन् ।