अबदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खुल्ने

Jun Sun 2021 11:50:23

904 views

अबदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । तर अबदेखि निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था र बीमा कमपनीहरु भने पूर्ण रुपमा खोल्न पाइने भएको छ । यस अघि सीमित शाखा र कर्मचारीमा मात्रै सेवा दिने व्यवस्था थियो । अब भिडभाड नगरेर सेवा दिन पाइने भएको हो ।

भक्तपुरका प्रुमख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भिडभाड नगरेर सबै शाखा र पूर्ण जनशक्तिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु खोल्न पाइने बताए । उनका अनुसार भिडभाड गरे कारवाही हुनेछ । यस्तै, सवारी साधन पनि जोड बिजोर लागू गरेर सञ्चालन हुनेछन् । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ भने खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाइने गरी बैठकले निर्णय गरेको छ ।