६ वटा बैंक एवं वित्तीय संस्था मर्जमा जानलाई नेपाल राष्ट्र बैंकको स्वीकृति

Mar Mon 2020 06:28:34

563 views

६ वटा बैंक एवं वित्तीय संस्था मर्जमा जानलाई नेपाल राष्ट्र बैंकको स्वीकृति

नेपाल राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्विजिशनमा जान सैद्धान्तिक सहमति दिएको छ ।

सिर्जना फाइनान्सलाई एक्वाएर गर्न सनराईज बैंकलाई स्वीकृति दिएको छ । एक्वाएरपछि सनराइज बैंकको पुँजी ९ अर्ब ७० करोड रुपैयाँ हुनेछ ।

हाल सनराईज बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ । सिर्जना फाइनान्सको पुँजी ७३ करोड रुपैयाँ छ । मर्जपछि सनराइज बैंकको शाखा १३३ वटा हुनेछन् ।

त्यस्तै, राष्ट्र बैंकले सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तलाई मर्ज गर्न सैद्धान्तिक सहमति दिएको छ । सारथी लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख छ भने नयाँ नेपालको १० करोड ८ लाख रुपैयाँ छ।

त्यसैगरी, सजिलो लघुवित्तको जोडीलाई पनि मर्जको लागि स्वीकृति दिएको छ । सजिलो लघुवित्त समिट लघुवित्त वित्तीय संस्थासँग मर्जमा जाँदै छ । सजिलोको चुक्ता पुँजी १४ करोड ८९ लाख रुपैयाँ रहेको छ भने समिटको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ ।