सेयर बजार पुरानै लयमा फर्कियो, ढुक्क रहनुहोस् ! करेक्सनपछि थप बलियो हुने विश्लेषण

Mar Tue 2020 06:46:06

1853 views

सेयर बजार पुरानै लयमा फर्कियो, ढुक्क रहनुहोस् !  करेक्सनपछि थप बलियो हुने विश्लेषण

 १४३९ अंकसम्म झरेको बजार १४ अंकले बढेर बन्द, करिव ४ अर्बको कारोबार

यसरी रोकियो बजार अझै घटाउने खेल !

सेयर बजार १४ अंक बढेर १५०९ अंकमा बन्द भएको छ। दिनभरीमा १८१ कम्पनीका ३ अर्ब ८५ करोडको सेयर कारोबार पनि भएको छ। 

हिजो बजार ९६ अंक झरेको थियो। मंगलबार १४९१ अंकबाट सुरु भएको थियो। घटेर १४३९ अंकसम्म आएको थियो। त्यसपछि केही बेर बढेर १५२४ अंकसम्म पुगेको थियो।

फेरि बजार घटेर १४५९ अंकसम्म आएको थियो। त्यसलाई पछि पारेर बजार १५०६ अंकसम्म पुगेको थियो। त्यसपछि बजार १५८३ अंकसम्म आयो र १५४० अंकसम्म उक्लियो। साढे २ बजे बजार घटेर १५०३ सम्म आयो। त्यसपछि नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा खरावी आएर कारोबार स्थगित भयो। नेप्सेले एक घण्टा समय थपेपछि सूचक १४ अंकले उक्लिएर बन्द भएको हो।