सुनको तोलाको ८२ हजार ५ सय रुपैयाँ, तोलाको १ लाखसम्म पुग्ने

Mar Wed 2020 05:39:55

688 views

सुनको तोलाको ८२ हजार ५ सय रुपैयाँ, तोलाको १ लाखसम्म पुग्ने

एकैदिन तोलाकै १८ सय रुपैयाँ बढ्याे

काठमाडौं- शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले अवस्था केही सातासम्म यही रहिरहे नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार भन्दा माथि पुग्नसक्ने विश्लेषण गरिरहेका छन् । 


कोरोना भाइरसको संक्रमणले आक्रान्त चीनमा कच्चा तेलको मागमा तीव्र गिरावट आएर मूल्य लगातार घटिरहँदा यसको प्रभाव सुनको भाउमा परेको हो । अन्तराष्ट्रिय बजारमै पनि सुनको भाउमा तीव्र बढोत्तरी भइरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको हो।