कर्पोरेट हाउसको तुलनामा बैंकका कर्मचारीको तलब कम छ - बैंकर्स संघको अध्ययन रिपोर्ट

Mar Fri 2020 08:59:32

942 views

कर्पोरेट हाउसको तुलनामा बैंकका कर्मचारीको तलब कम छ - बैंकर्स संघको अध्ययन रिपोर्ट

बैंकिङ क्षेत्रका कर्मचारीहरुको तलबभत्ता बढी भएको भन्दै तीब्र आलोचना हुँदै आएको छ । बैंकका कर्मचारीहरुले लतबभत्ता बढी लिएका कारण ऋणीलाई ब्याजदरको थप भार परेको भन्ने आरोप पनि लाग्दै आएको छ तर हालै बैंकर्स संघको एक अध्ययनले सरकार र कर्पोरेट हाउसको तुलनामा बैंकका कर्मचारीको तलब कम रहेको प्रतिवेदन तयार गरेको छ ।

अध्ययनमा बैंकिङ क्षेत्र नै कर्मचारीहरुका लागि कम खर्च गरेर बढी इफिसियन्सी निकाल्न सफल भएको पाइएको छ ।

कमिटिले सरकारी कर्मचारी, राष्ट्र बैंक, बहुराष्ट्रिय कम्पनीहरु, ठूला कर्पोरेट हाउसमा कार्यरत कर्मचारीको तलबभत्ता तथा सेवा सुविधा खोजेर त्यससँग बैंकका कर्मचारीको तलबभत्ता तथा सेवा सुविधा तुलना गरेको थियो ।

बैंकका सीइओहरुको तलबरभत्ता मासिक २०औं लाख भएपनि तल्लो तहमा कार्यरत कर्मचारीहरुको तलब निकै कम छ ।

सार्कका बैंकहरुसँग् तुलना गर्दा नेपालका बैंकहरुले ब्याज बढी लिएको नपाइएको अध्ययनमा देखिएको छ ।