३२ हजारले बढ्यो सुन, तोलाको झण्डै १ लाख पुग्यो

Jul Mon 2020 07:24:24

651 views

३२ हजारले बढ्यो सुन, तोलाको झण्डै १ लाख पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक वर्षको अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ ।

महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।

मनि मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।