विश्व सेयर बजारमा उच्च गिरावट, अमेरिकाको सेयर बजार ७ प्रतिशतले घटेर बन्द

Mar Wed 2020 06:36:56

915 views

विश्व सेयर बजारमा उच्च गिरावट, अमेरिकाको सेयर बजार ७ प्रतिशतले घटेर बन्द

कोरोना भाइरसको संक्रमणको प्रभाव परेसँगै त्यसको असर विश्वभर  सेयर बजार लगायत सम्पूर्ण अर्थतन्त्रमा परेको छ ।

विश्वका शेयर बजारमा पनि उल्टो सर्किट, अब के हुन्छ ?

अमेरिकाको सेयर बजार ७ प्रतिशतले घटेर बन्द भयो । बजारमा ‘सर्किट ब्रेक’ लागेर १५ मिनेटसम्म सेयर कारोबार रोकियो ।

त्यसैगरी, लन्डनको सेयर बजार पनि लगभग ५ प्रतिशतले ओरालो लाग्यो ।

 यूके र यूएसको बजार ७ प्रतिशतले घटेको छ ।

डो जोन्स औद्योगिक औसत ७.८ प्रतिशत वा २,००० भन्दा बढी अंकले घट्यो । जुन अंकका आधारमा इतिहासको सबैभन्दा उच्च हो भने प्रतिशतका आधारमा वित्तीय संकट पछिको सबैभन्दा ठूलो गिरावट हो ।

अमेरिकाको स्टक एस एण्ड पी५०० ७.६ प्रतिशतले घटेर २७४६.५६ अंकमा झरेको छ । जबकि नास्ड्याक करिब ७.३ प्रतिशतले घटेको छ । जुन २००८ पछिको उच्च गिरावट हो ।

यसभन्दा पहिले एसियाली बजारमा पनि तीव्र गिरावट आएको थियो । जापानको निक्की २२६ सूचकांक ५ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियको एएसएक्स २०० गत २००८ देखि दैनिक ७.३ प्रतिशतले घटेको छ ।

त्यस्तै, चीनको बेन्चमार्क शंघाई कम्पोजिट ३ प्रतिशतले र हङ्कङ्को ह्याङ सेङ्ग सूचक ४.२ प्रतिशतले घटेको छ ।