एचआइडिसिएलको बोनस सेयर र लाभांश लिनका लागि पुर्जा लिन जानुहोस्

Mar Thu 2020 09:04:01

527 views

एचआइडिसिएलको बोनस सेयर र लाभांश लिनका लागि पुर्जा लिन जानुहोस्

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले  सेयरधनी सदस्यलाई लाभांश पुर्जा र बोनस सेयर लिन बाेलाएकाे छ । कम्पनीले बिहीबार सूचना जारी गरी आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७५/७६ को नगद लाभांश पुर्जा तथा २०७४/७५ को बोनस सेयर लिन सेयरधनी सदस्यलाई बाेलाएकाे हाे ।

आवश्यक पर्ने कागजातकाे साथमा कम्पनीकाे सेयर रजिष्ट्रारमा आवेदन दिन सेयरधनी समक्ष आग्रह गरेकाे छ । आवश्यक कागजातसहित परेका आवेदनकर्ताले लाभांश पुर्जा र बोनस सेयर पाउने कम्पनीले जनाएकाे छ । कम्पनीकाअनुसार आवेदनकाे प्रक्रिया पूरा भएपछि सेयरधनीले प्राप्त गरेकाे बाेनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा हुनेछ ।

नगद लाभांश भने हितग्राही खातामा राखिएकाे बैंक खातामा आईपीएसमार्फत जम्मा हुनेछ । हितग्राही खातामा बैंक खाता नम्बर नजाेड्ने सेयरधनी सदस्यलाई तत्कालै जाेड्न पनि कम्पनीले आग्रह गरेकाे छ ।

यस्तै, बुक क्लोजको सयममा सेयर रोक्का भएका सेयरधनीले बोनस सेयर तथा नगद लाभांश पाउन फुकुवा पत्र पनि कम्पनीको सेयर रजिष्ट्रारमा पठाउनु पर्ने कम्पनीले जनाएकाे छ । कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।