बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बढुवा प्रक्रिया यस्तो, बढुवा हुनलाई उमेर हद नलाग्ने नियमावलीमा उल्लेख

Mar Fri 2020 06:54:44

770 views

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बढुवा प्रक्रिया यस्तो,  बढुवा हुनलाई उमेर हद नलाग्ने नियमावलीमा उल्लेख

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बढुवाका लागि मापदण्ड तोकेको छ । राष्ट्र बैंकले जारी गरेको कर्मचारी सेवा विनियमावलीमा कर्मचारीले बढुवालाई अधिकारकोरुपमा दावी गर्न नपाउने र बढुवा हुनलाई उमेर हद नलाग्ने उल्लेख छ ।

नियमावलीमा कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवाको लागि व्यवस्थापकीय पदमा उक्त श्रेणीभन्दा एक तहमा ३ वर्ष र अधिकृत स्तरको तहमा बढुवा हुनका लागि एक तह मुनीको पदमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।

Image result for promotion in banks

उत्तीर्ण घोषित भएको कर्मचारीलाई ३५ दिनभित्र बढुवा गरी पदस्थापनको सूचना दिनुपर्ने नियमावलीमा उल्लेख छ ।

साथै उम्मेदवार प्राप्त गरेको प्राप्तांकको पनि जानकारी दिनुपर्नेछ भने उमेद्वारले पाएको अंकमा चित्त नबुझेमा सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आफूलाई चित्त नबुझेको कुराको प्रमाणसहित जनशक्ति व्यवस्थापन विभागमा निवेदन पेश गर्नुपर्नेछ नियमावलीमा उल्लेख छ ।