अब्बल बन्दै प्राइम कमर्सियल बैंक: २२ अर्ब पुँजी पुर्याउने लक्ष्यमा

Mar Thu 2020 07:30:00

861 views

अब्बल बन्दै प्राइम कमर्सियल बैंक: २२ अर्ब पुँजी पुर्याउने लक्ष्यमा

प्राइम कमर्सियल बैंक लिमिटेडको कैलाश विकास बैंक लिमिटेडसँग एकीकृत कारोबार सम्पन्न भएकाे छ ।

यसैगरी, एकीकृत कारोबारकाे कार्यक्रममा बोल्दै प्राइम कमर्सियल बैंकका  सञ्चालक समिति अध्यक्ष राजेन्द्र दास श्रेष्ठले उच्च प्रतिफल दिँदै आएको यस बैंक कैलाश जोडिएपछि ग्राहकलाई झन् उच्च प्रतिफल पुग्ने बताएका छन् ।

कैलाश बैंकको प्राप्तिपछि प्राइम बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोड, पुँजी कोष १९ अर्ब, निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे छ ।

एकीकृत कारोबारको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानान्धरले प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी १३ अर्ब ९७ करोड रुपैयाँ पुगिसकेको र अब २२ अर्ब रुपैयाँ पुर्याउने तर्फ बैंकअघि बढेको बताएका छन् ।