अबदेखि शेयर कारोबार ५ घण्टा हुने, १०.३० देखि ४ बजेसम्म हुनेछ (सूचनासहित)

Mar Fri 2020 09:31:39

893 views

अबदेखि शेयर कारोबार ५ घण्टा  हुने, १०.३० देखि ४ बजेसम्म हुनेछ  (सूचनासहित)

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अबदेखि ५ घण्टा शेयर कारोबार हुने भएको छ । नेप्सेले चैत्र २ गते आइतबारदेखि परिक्षणकालको रुपमा शेयर कारोबार हुने अवधि बढाउने निर्णय गरेको हो । 

यस संगै अब प्रारम्भिक कारोबार समय बिहान १०:३० देखि ११ बजेसम्म, बोलकबोल र निरन्तर कारोबार समय अवधि ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय अवधि ४ बजेदेखि ४ :०५ बजेसम्म कायम गर्ने निर्णय नेप्सेले गरेको हो ।