नागरिक लगानी कोषले स्टक डिलर संचालनमा ल्याएको छ।स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ। सर्वसाधारणका लागि ३० प्रतिशत सेयर छुट्याइएको छ।कम्पनी संचालनमा आएको दुई वर्षभित्र ३० प्रतिशत पब्लिक सेयर जारी गरिनेछ। हाल स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब र जारी पुँजी १० अर्ब रहेको छ।