नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ ।
कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नहुने व्यवस्था गरिएको छ । तर पेशागत संघ संगठनको सदस्यता लिन भने छुट दिइएको छ ।
‘कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पुर्याएको मानिने छैन,’ विनियमावलीमा भनिएको छ ।