बैंक/ वित्तीय संस्थाको कर्मचारी भर्ना ३ प्रक्रियाबाट, आन्तरिक बढुवामा कार्य सम्पादन मूल्यांकनलाई अधिक अंक दिइनुपर्नेछ

Mar Mon 2020 10:15:00

1102 views

बैंक/ वित्तीय संस्थाको कर्मचारी भर्ना ३ प्रक्रियाबाट,  आन्तरिक बढुवामा कार्य सम्पादन मूल्यांकनलाई अधिक अंक दिइनुपर्नेछ

यस्तो छ कर्मचारी सेवा नयाँ विनियमावली 

नेपाल राष्ट्र बैंकले बैंकले बैंक तथा वित्तीय संस्थाले आफुखुसी मनोमानी ढंगवाट कर्मचारी नियुक्त गर्न नपाउने कर्मचारी विनियमावली ल्याएको छ  । जस अनुसार  बैंकरवित्तीय संस्थाले खुला प्रतियोगिता, आन्तरिक बढुवा प्रतियोगिता र टयालेन्ट हन्टको परीक्षा मार्फत मात्र कर्मचारी नियुक्त गर्न सक्नेछन् ।

विनियमावली अनुसार लिईने परीक्षाको माध्यम लिखित, प्रयोगात्मक, अन्तर्वार्ता, सामुहिक छलफल ९आवश्यकता बमोजिम० र उत्कृष्ट उम्मेदवारका छनौंट ९ट्यालेन्ट हन्ट० गर्न सक्ने व्यवस्था छ । साथै कुन पदको लागि कस्तो प्रतियोगिता गराउने र कुन प्रकारको परीक्षा लिने भन्ने विषय पदको कार्य प्रकृति तथा आवश्यकताको आधारमा पदपूर्ति समितिले निर्धारण गर्ने व्यवस्था विनियमावलीमा रहेको छ ।

बैंकरवित्तीय संस्थाले आन्तरिक बढुवा गर्दा कार्य सम्पादन मूल्यांकनलाई अधिक अंकभार प्रदान गरिनेछ र सो बाहेक अन्य उपयुक्त परीक्षाको विधि अवलम्वन गर्न सक्नेछन । कर्मचारी छनौट गर्दा लिखित, प्रयोगात्मक र अन्तर्वार्तामध्ये कुनमा कति कति अङ्कको भार दिने भन्ने सम्बन्धमा पदपूर्ति समितिले निर्धारण गर्नेछ । 

बैंकरवित्तीय संस्थाको रिक्त रहेको पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा राष्ट्रियस्तरका दैनिक पत्रिकामा कम्तीमा १५ दिनको अवधि तोकी आवेदनका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ । यस्तो विज्ञापन नेपाल सरकारको रोजगार पोर्टलमा समेत प्रकाशित गर्न सकिनेछ । बिज्ञापन गर्दा पूर्ति गर्नुपर्ने पदको संख्या, श्रेणी, आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव, परीक्षाको किसिम, उमेरको हद, दरखास्त दिने अन्तिम मिति तथा सो सम्बन्धी आवश्यक अन्य कुराहरु त्यस्तो बिज्ञापनमा खुलाउनु पर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ ।

संस्थाको रिक्त पद नयाँ नियुक्तिद्वारा पूर्ति गर्दा देहायका ब्यवस्थापकीय श्रेणीमा सेवा प्रबाह गर्ने उमेद्धवारका लागि २१ बर्ष पुरा भएको तर माथिल्लो उमेरको हद सञ्चालक समितिको सहमतिमा पदपूर्ति समितिले निर्धारण गर्न सक्छ । त्यसैगरी अधिकृत श्रेणी २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्ने व्यवस्था विनियमावलीले गरेको छ । त्यसैगरी सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ । सहयोगी श्रेणीका लागि पदपूर्ति समितिले निर्धारण गरे बमोजिम हुने विनियमावलीमा उल्लेख छ ।