गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल बुधबारबाट सकिएको छ । सरकारले डेपुटी गभर्नर रहेका चिन्तामणि शिवाकोटीलाई गर्भनरमा नियुक्त गरेको छ ।
अर्थमन्त्रालयका अनुसार कामू गभर्नरको जिम्मेवारी दिइएको पत्र मंगलबार नै शिवाकोटीलाई पठाइएको छ । उनले बुधबारदेखि कामूको जिम्मेवारी थाल्नेछन् ।