चिन्तामणि शिवाकोटी कामु गभर्नरमा , को बन्ला नयाँ गभर्नर ? अर्थमन्त्री खतिवडाको विश्वासपात्र गभर्नर बन्ने पक्का

Mar Wed 2020 03:08:33

चिन्तामणि शिवाकोटी कामु गभर्नरमा , को बन्ला नयाँ गभर्नर ? अर्थमन्त्री खतिवडाको विश्वासपात्र गभर्नर बन्ने पक्का

गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल बुधबारबाट सकिएको छ । सरकारले डेपुटी गभर्नर रहेका चिन्तामणि शिवाकोटीलाई गर्भनरमा नियुक्त गरेको छ ।उनले बुधबारदेखि कामूको जिम्मेवारी थाल्नेछन् ।

नयाँ गभर्नर नियुक्तिका लागि हालसम्म सिफारिस समिति समेत गठन हुन सकेको छैन । 

अर्थमन्त्री नेतृत्वको समितिले बहालवाला एकजना डेपुटी गभर्नरसहित ३ नाम सिफारिस गर्ने र सिफारिस भएका ३ नाममध्ये एकजनालाई मन्त्रीपरिषद बैठकले गभर्नर नियुक्त गर्ने प्रावधान छ । 

 कामू गभर्नरको जिम्मेवारी पाएका चिन्तामणि शिवाकोटी गभर्नरका बलिया दाबेदार हुन् तर शिवाकोटीसँगै गभर्नरको रेसमा महाप्रसाद अधिकारी, राजन खनाल, डा। मीनबहादुर श्रेष्ठ, किरणकुमार श्रेष्ठ लगायतका अनुहारहरु मैदानमा देखिएका छन् । प्रधानमन्त्रीले नै गभर्नर नियुक्ति प्रक्रियामा निर्णाय दिने भएकोले उनले चाहेमा मात्र शिवाकोटी गभर्नर बन्ने सक्ने स्रोतले बताएको छ। तर यता प्रधानमन्त्रीले विश्वास गरेका पात्र अर्थमन्त्री भएकाले खतिवडाको रोजाईको मान्छे भावी गभर्नर हुने बताइन्छ ।

वित्तीय क्षेत्र, नेकपा वृत्त, अर्थमन्त्रालय लगायत बालुवाटारसम्मै शिवाकोटीको तुलनामा अधिकारी र खनाललाई गभर्नरको दमदार उम्मेद्वारको रुपमा चर्चामा ल्याइएको छ । यसले समेत यसपटक अनुमान गरेभन्दा वा चर्चामै नआएको कुनै नाम गभर्नरको रुपमा अगाडि आउने हो कि भन्ने संभावना समेत रहेको स्रोत बताउँछ ।