आइतबारदेखि सेयर बजार पूर्ण रुपमा बन्द हुने, बैंक र बीमा सेवा के हुन्छ ?

Mar Fri 2020 08:53:47

1142 views

आइतबारदेखि सेयर  बजार पूर्ण रुपमा बन्द  हुने, बैंक र बीमा सेवा के हुन्छ ?

आगामी आइतबार देखि सेयर बजार २१ गतेसम्मको लागि पूर्ण रुपमा बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेसँर्गै सेयर कारोबार बन्द हुने भएको छ ।

यो पनि हेर्नुहोस्:

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने जानकारी गराएका छन्।

तसर्थ नेपाल राजपत्रका सेयर बजार अत्यावश्यक बस्तुमा नपरेको सेयर कारोबार आइतबारदेखि बन्द हुने भएको हो । सेयर लगानीकर्ता र ब्रोकरहरुले पनि यो बेलामा सेयर कारोबार बन्द गर्न माग गर्दै आएका थिए ।