आजदेखि अत्यावश्यक भन्दा बाहेकका कार्यको लागि बैंक नजान आग्रह

Mar Sun 2020 04:11:18

आजदेखि अत्यावश्यक भन्दा बाहेकका कार्यको लागि बैंक नजान आग्रह

कोरोना भइरसको असरका कारण बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ नि:शुल्क गर्ने भएका छन्। 

एक बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा समेत कुनै शुल्क नलाग्ने 

बैंकहरुले पनि अनलाईन कारोबारलाई प्रोत्साहन 

नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएसबाट रकम ट्रान्सफर गर्दा समेत कुनै शुल्क नलाग्ने 

कोरोना भाइरस (काेभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ । 

अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन ।

साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।

अत्यावश्यक भन्दा बाहेकका कार्यको लागि बैंक नजान आग्रह

बैंक तथा वित्ती संस्थाको तिनवटै संघहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अत्यावश्यकभन्दा बाहेक अन्य कार्यको लागि बैंक तथा वित्तिय संस्थाको शाखा कार्यालय नजान आग्रह गरेका छन्।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पासवर्ड बिर्सिए सम्बन्धित शाखामा उपस्थित नभइ फोनमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।