सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट चैत ४ गते नेपाल आएकी १९ वर्षिय युवतीमा कोरोना भाइरस को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।
यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।
बैंकिङ सेवा अत्यावश्यक सेवामा पर्दछ, बैंकहरु एक साताका के हुन्छ सरकारले केही भनेको छैन ।
सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ ।
ती कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने तर कर्मचारीले कार्यालयमा हाजिर हुने भनिए पनि कार्यालय खुलेपछि सेवाग्राही पुग्ने भएकाले कर्मचारीलाई नै विदा दिन लागिएको हो ।