नेपाल धितोपत्र बोर्डले सेयर बजार ५ दिनका लागि बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार सोमबारदेखि ५ कारोबार दिन बजार बन्द रहनेछ ।
बोर्डले अति आवश्यक परे विशेषअधिकार प्रयोग गरि बढीमा ५ दिन बजार बन्द गराउन सक्ने कानूनी व्यवस्था छ । सेयर बजारका लगानीकर्ताले पनि बजार बन्द गराउन माग गर्दै आएका थिए ।