लकडाउनमा बैंक खुल्दैनन्, बैंकका कर्मचारीलाई एक हप्ता बिदा हुने

Mar Mon 2020 09:21:22

2038 views

लकडाउनमा बैंक खुल्दैनन्,  बैंकका कर्मचारीलाई एक हप्ता बिदा हुने

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि सरकारको उच्चस्तरिय समन्वय समितिले चैत्र ११ गतेदेखि एक हप्तासम्म लकडाउनको निर्णय गरेको छ । यो सँगै अब कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।

यो निर्णयले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुले पनि एक हप्ता बिदा पाउने भएका छन् । बैकिग अत्यावश्यक सेवा अन्र्तगत पर्दछ तर कोही पनि बाहिर निस्कन नपाउने भएपछि बैंक तथा बित्तिय कार्यालयहरु बन्द हुने लागेको हो । 

राष्टर् बैंक स्रोतले भने जनाएअनुसार बैंकको शाखा नखुल्ने तर अत्यावश्यक सेवा भएकोले केही सीमित काउन्टरहरु खुल्नेछन् भने एटिएम सेवा पनि खुल्ला रहनेछन्