लकडाउनमा बैंकका निश्चित शाखाहरुमा मात्र खुल्ने, पैसा झिक्ने यस्तो व्यवस्था हुने

Mar Mon 2020 09:36:29

756 views

लकडाउनमा बैंकका निश्चित शाखाहरुमा मात्र खुल्ने, पैसा झिक्ने यस्तो व्यवस्था हुने

बैंकहरूले आलोपालो गरी बढीमा ३ घण्टासम्म शाखा खोल्न सक्ने

सरकारको चैत्र ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने निर्णय छ । 

सरकारले गरेको निर्णयको अत्यावश्यक सूचीमा बैंक नपरेपनि ‘लकडाउन’ मा बैंक तथा वित्तीय संस्था भने खुल्ने भएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा.चिन्तामणि शिवाकोटीले बैंक तथा वित्तीय संस्थाको निश्चित शाखा निश्चित समयका लागि खोल्ने व्यवस्था मिलाउने जानकारी दिए ।

बैंकका  क्यास काउण्टर बढीमा ३ घण्टासम्म खुल्ने व्यवस्था हुनेछ, जसमा बैंकहरूले आफ्नो अनुकूलता हेरेर पालोपालो गरी फरक फरक शाखा पनि खोल्न सक्ने गर्भनरले बताएका छन् ।