लकडाउनमा राष्ट्र बैंकको बैंकहरुलाई यस्तो निर्देशन, बैंकका शाखाहरु कहाँ - कहाँ खुल्छन्

Mar Tue 2020 04:54:26

3794 views

लकडाउनमा राष्ट्र बैंकको बैंकहरुलाई यस्तो निर्देशन, बैंकका शाखाहरु कहाँ - कहाँ खुल्छन्

कर्मचारीको सुरक्षालाई समेत ध्यानमा राखेर बैंकहरुको एक/एक शाखा खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन गरेको  छ । त्यही अनुसार ‘लकडाउन’को समयमा पनि बैंकहरुले काठमाडौं उपत्यकाका आफ्नो एउटा शाखा मात्र खुला राखेका छन् ।

‘एटीएम’ भने देशैभर खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

अत्यावश्यक कारोबार नरोक्न विभिन्न बैंकका शाखा उपत्यकामा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

उपत्यकाबाहिरका बैंक शाखा भने प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि खोल्न सक्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।