बैंकिङ, बीमा र सेयर कारोबार तत्काल सुचारु गर्न सरकारको निर्देशन

Mar Wed 2020 09:19:58

969 views

बैंकिङ, बीमा र सेयर कारोबार तत्काल सुचारु गर्न सरकारको निर्देशन

सरकारले बैंक तथा बित्तियसंस्था र धितोपत्र बोर्डलाई बैंकिङ, बीमा, शेयर कारोबारलाई तत्काल सुचारु गर्न निर्देशन दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्तस्तरिय वित्तिय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक, बीमा, धितोपत्र सम्बन्धी न्युनतम सेवाहरुलाई निरन्तरता दिन भनेको हो ।

समितिको निर्णयमा भनिएको छ– कोरोनाको संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्युनतम सेवालाई सम्बन्धित निकायहरुले निरन्रता दिने र कुन सेवा कुन क्षेत्रबाट दिने हो सो को सञ्चार माध्यमबाट सेवाग्राहीलाई जानकारी गराउने ।