लकडाउनमा बैंकहरु खुल्ने भए, प्रशासनले पास वितरण गरेर बैंकका कर्मचारीलाई हिड्न दिइने

Mar Tue 2020 09:26:57

720 views

लकडाउनमा बैंकहरु खुल्ने भए, प्रशासनले पास वितरण गरेर बैंकका कर्मचारीलाई हिड्न दिइने

लकडाउनका बेला बैंकहरु खुल्ने भएका छन् । बैंक बन्द हुँदा सर्वसाधारणहरुले चाहिए अनुसार पैसा झिक्न नपाउने हुँदा बैंक खोल्न लागिएको हो । यसका लागि  बैंकका कर्मचारीहरुलाई घरदेखि बैंकसम्म आउनको लागि जिल्ला प्रशासन कार्यालयमार्फत निश्चित पास वितरण गर्ने भएको छ । त्यही अनुसार ‘लकडाउन’को समयमा पनि बैंकहरुले काठमाडौं उपत्यकाका आफ्नो एउटा शाखा मात्र खुला राख्ने छन् भने  ‘एटीएम’ भने देशैभर खुला रहनेछ ।

अत्यावश्यक कारोबार नरोक्न विभिन्न बैंकका शाखा उपत्यकामा खुला गर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।उपत्यकाबाहिरका बैंक शाखा भने प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि खोलिनेछन् ।