हिमालयन बैंकको सिइओमा अशोक राणा नियुक्त कार्यकाल ४ वर्ष

Mar Sat 2020 03:44:20

1007 views

हिमालयन बैंकको सिइओमा अशोक राणा नियुक्त कार्यकाल ४ वर्ष

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक राणा नियुक्त भएका छन् ।

राणाले विगत १२ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब एक कार्यकाल सिइओको रुपमा काम गर्न पाउछन् ।

संचालक समितिको बैठकले सिइओ राणाको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।

बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सिडिसी) लाई भित्र्याउनका लागि राणाको ठूलो भुमिका हुनुपर्ने भएकोले पनि उनलाई समितिले निरन्तरता दिएको जनाएको छ ।