नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

Apr Fri 2020 07:46:45

828 views

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको अर्थतन्त्र पाँच दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरको कारण नेपालको अर्थतन्त्र सुस्ताउन सक्ने एडीबीले अनुमान गरेको हो ।

एडीबीले सन् २०२१ मा भने कोभिड–१९ को महामारी सकिएपछि अर्थतन्त्रमा पुनः सुधार हुँदै आर्थिक वृद्धिदर छ दशमलव ५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

२०२० मा छ प्रतिशत र २०२१ मा पुनः मुद्रास्फीतिदर पाँच दशमलव ५ प्रतिशतमा झर्न सक्ने उल्लेख छ ।