बैंकको ब्याजमा पनि १० प्रतिशत छुट

Apr Sun 2020 06:35:10

बैंकको ब्याजमा पनि १० प्रतिशत छुट

काठमाडौँ,  राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिन थालेका छन् । कोभिड–१९ को असरबाट प्रभावित भएको भन्दै चैतमा भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे पनि हुने व्यवस्था गर्ने निर्णय सरकारले गरेको थियो ।

सोही आधारमा चैतसम्म साँवाब्याज भुक्तानी गर्ने ग्राहकलाई ब्याज रकमको १० प्रतिशत छुट दिन राष्ट्र बैंकले गत साता निर्देशन दिएको थियो ।