लकडाउनमा कर्मचारीलाई ५० मात्रै तलब दिने, बैंक तथा बित्तिय संस्थाहरुले के गर्दैछन्

Apr Thu 2020 07:45:16

1774 views

लकडाउनमा कर्मचारीलाई ५० मात्रै तलब दिने,  बैंक तथा बित्तिय संस्थाहरुले के गर्दैछन्

कोरोनाको कहर विश्व अर्थतन्त्रमा परेको छ । सबै देशमा लकडाउन छ । उद्योग, व्यवसायहरु चलेका छैनन् । होटल, ट्राभल, एयरलाइन्स र पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।

बैंक तथा बित्तिय संस्थाहरु पनि आंशिक रुपमा मात्र खुलेका छन् तर लकडाउनका कारण उद्योग व्यवसाय नचल्दा बैंकहरुबाट लोन लिएका व्यवसायीहरु बैंकको किस्ता तिर्न नसक्ने अबस्थामा छन् ।

लकडाउनका बेला कर्मचारीको बिदा कटौती गर्दै बैंक तथा बित्तिय संस्थाहरु, फियनको आपत्ति

उनीहरुले विशेष राहतको योजना सरकारसँग माग गरिरहेका छन् । विकसित देशहरुले आर्थिक क्षेत्रलाई विशेष राहत प्याकेज दिएका छन् तर नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सरकार के गर्ने भनेर अन्योलमा छ ।

यसैबीच नेपाल उद्योग व्यवसायीहरुको छाता संस्था उद्योग बाणिज्य महासंघले उद्योग व्यवसाय चल्न नसकेको भन्दै सरकारलाई सहुलियतको लागि प्रतिवेदन नै बुझाएका छन् । ब्याजदर ५ प्रतिशत भन्दा बढी गर्नुनहुने उनीहरुको सुझाव छ । अर्थतन्त्रले शून्यबाट गति दिन सकिनेमा उनीहरुले सरकारको ध्इानाकर्षण गरेका छन् । भने लकडाउनका कारण उद्योग व्यवसाय नचलेको भन्दै कामदारहरुलाई ५० प्रतिशत भन्दा बढी तलब दिन नसकिने बताएका छन् ।

यता बैक तथा बित्तिय संस्थाहरुले पनि कर्मचारीहरुको सेवा सुबिधा कटौती गर्ने तयारी गरिरहेका छन् । केही बाणिज्य बैंकले त कर्मचारीको सञ्चिती बिदा कटौती गर्ने घोषणा गरिसकेका छन् भने लकडाउनका बेला घरमै बसेका कर्मचारीहरुको बेसिक तलब सुबधिा मात्र दिन सकिने बताएका छन् । प्रशासनिक खर्चमा कटौती गर्ने तयारी गरिरहेका छन् । 

बैंकिग कारोबार डिजिटलाइज्ड गदै कर्मचारीहरु कटौती गर्ने सम्मको व्यवस्था लागू गर्ने अन्तिम तयारी गरिरहेको स्रोतले बताएको छ । 

यसैबीच उद्योग ब्यवसायी क्षेत्रमा काम गर्ने कामदारहरुको तलब ५० प्रतिशत घटाउन नपाउने भन्दै मजदुर ट्रेड युनियनहरुले बिरोध जनाएका छन् ।

त्यस्तै नेपाल वित्तीय संस्था कर्मचारी संघ फियन ले पनि लकडाउनका बेला बिदा बसेका बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न बैंक तथा बित्तिय संस्थाहरुलाई चेतावनी दिएको छ ।