सञ्चयकोषको विशेष सापटी सेवा अनलाइनबाट लिन सकिने

May Fri 2020 07:56:15

2189 views

सञ्चयकोषको विशेष सापटी सेवा अनलाइनबाट लिन सकिने

काठमाण्डौ । कर्मचारी सञ्चयकोषले विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइन मार्पmत दिने भएको छ । 

विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपेडट गरेका सञ्चयकर्ताहरुले अनलाइनमार्फत सेवा प्राप्त गर्न सक्ने कोषले जनाएको छ । 

यसका लागि सञ्चयकर्ताहरुले कोषको वेबसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाईन फारम भरी सोसँगै विशेष सापटीको आवेदन फारम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्नेछ । 

कोषले उक्त आवेदन फारमलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैक खातामा नै रकम जम्मा गरिदिनेछ ।