एकैदिन २८ जलविद्युत कम्पनीको शेयरमुल्यमा सर्किट लाग्यो कारण यस्तो छ

Sep Wed 2020 08:33:23

797 views

एकैदिन २८ जलविद्युत कम्पनीको शेयरमुल्यमा सर्किट लाग्यो कारण यस्तो छ

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत ३३ वटै जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका अन्य समूहमध्ये सर्वाधिक ९ दशमलव ३ प्रतिशतले परिसूचक बढ्दा जलविद्युत क्षेत्रका सबै कम्पनीहरूको शेयर मूल्य बढेको हो । शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बुधवार बजार २५ दशमलव ५८ अंकले उकालो लागेर १ हजार ५१० दशमलव ५७ विन्दुमा पुगेको छ ।