पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता पर्यो हेर्नुहोस्

Apr Tue 2020 10:19:04

863 views

पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता पर्यो हेर्नुहोस्
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले आईपिओ बाँडफांड गरेको हो । १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् ।  २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् । 

त्यस्तै ३० कित्ताको लागि आवेदन दिने १२ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् । 

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका छन् । ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनामध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन्  । आईपिओमा कुल  ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।