WHO ले चीनको पक्ष लिएकोअमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, बजेट रोक्ने चेतावनी

Apr Tue 2020 11:41:13

837 views

WHO ले चीनको पक्ष लिएकोअमेरिकी राष्ट्रपति ट्रम्पको आरोप, बजेट रोक्ने चेतावनी

काठमाण्डाै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् । विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’ कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको अभियोग ट्रम्पले डब्लुएचओमाथि लगाएका हुन् ।

ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले आफूलाई दिएको गलत सूचना रहेको आरोप लगाउने प्रयास गरेका हुन् । अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका छन् । ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको अभियोग लाग्दै आएको छ । त्यसको कारक डब्लुएचओ रहेको ट्रम्पले बताए ।