कोरोनाका कारण खर्बौ गुमाउँदै विश्वका धनाढ्यहरु, कसले कति गुमाए ?

Apr Wed 2020 10:05:21

कोरोनाका कारण खर्बौ गुमाउँदै विश्वका धनाढ्यहरु, कसले कति गुमाए ?

कोरोना भाइरसका कारण संसार हल्लिएको छ ।  संसारकै धनीहरु दैनिक अर्बोअर्ब गुमाइरहेका छन् ।

संसारभरका एक सय धनाढ्यले कोरोनाको आक्रमणमा ४०८ बिलियन सम्पत्ति गुमाएकाछन् ।

कोरोनाका कारण सबैभन्दा बढी धनको साम्राज्य गुमाउनेमा फ्रान्सका बर्नार्ड अर्नल्ड ३० बिलियन, मुकेश अम्बानी १९ बिलियन, अमेरिकाका बरेन वाफेट १९ बिलियन, स्पेनका अमान्सियो ओर्टेगा १७ बिलियन, मेक्सिकोका कार्लोस स्लिम हेलु १७ बिलियन, अमेरिकाका बिल गेट्स १५ बिलियन छन् ।

यस्तै अमेरिकाकै मार्क जकरबर्ग १३ बिलियन, अमेरकाकै ल्यारी पेज १३ बिलिलयन, अमेरिकाकै सर्जेई ब्रिन १३ बिलियन, अमेरिकाकै मिचेल ब्लूमबर्गले १० बिलयन गुमाएका हुन् । (एजेन्सी)

यसैक्रममा संसारकै धनीमध्येका एक मानिने भारतीय धनाढ्य मुकेश अम्बानी दैनिक चार सय मिलियन डलर बराबरको सम्पत्ति गुमाइरहेका छन् । यो नेपाली पैसामा हेर्ने हो भने ४८ अर्बभन्दा बढी हुन आउँछ । अर्थात् भारतीय धनकुबेर अम्बानीको ढुकुटीमा कोरोनाले गरेको आक्रमणबाट उनी दैनिक ४८ अर्ब गुम्दै गरेको हेर्न विवश छन् ।