बैंकिङ क्षेत्रमा, कोरोना प्रभाव : बैक तथा बित्तिय संस्थाहरुले ठूलो संख्यामा कर्मचारी र प्रशासनिक खर्च कटौती गर्दै

Apr Wed 2020 07:29:11

730 views

बैंकिङ क्षेत्रमा, कोरोना प्रभाव : बैक तथा बित्तिय संस्थाहरुले ठूलो संख्यामा कर्मचारी र प्रशासनिक खर्च कटौती गर्दै

कोरोनाको प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले खर्चमा कटौतीका लागि गृहकार्यका जुटेका छन् । कोरोना संक्रमण र लामो लकडाउनको भएपछि बैंकहरुले प्रशासनिक र कर्मचारी खर्चलाई कटौती गर्ने रणनीति बनाएका हुन् । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रको प्रशाशनिक तथा कर्मचारी खर्चमा सकेसम्म कम गर्ने निर्णय गरेको छ ।

सबैजसो बैंक तथा बित्तिय संस्थाले खर्च कटौतीका उपायहरु खोज्दै  डिजिटलाइजेशन सेवालाई जोड दिने भएका छन् । त्यो सँगै कर्मचारी खर्च कटौती गर्ने, हालको प्रशासनिकतर्फ अन्य खर्च कटौतीका उपायहरु अवलम्बन गर्ने लगायततर्फ तयारी गरिरहेका छन् । बैंकिङ सेवामा टेक्नोलोजी विस्तारसँगै कर्मचारी कटौती गर्न सक्ने तर्फ पनि बैंक तथा बित्तिय संस्थाहरुले कदम चाल्न सक्ने देखिन्छ ।