कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा चरम संकट छाएको छ । एडीबीले कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति पुग्ने बताएको छ । एडीबीले अमेरिका, यूरोप लगायतका मुलुकमा देखिएको कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रलाई नै समस्यामा पार्न सक्ने चेतावनी दिएको हो ।
त्यस्तै एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको अर्थतन्त्र पाँच दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । तर एडीबीले सन् २०२१ मा भने कोभिड–१९ को महामारी सकिएपछि अर्थतन्त्रमा पुनः सुधार हुँदै आर्थिक वृद्धिदर छ दशमलव ५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।
त्यसैले कोरोनाको यो कहरले शेयर बजारमा पनि असर गर्ने अर्थविज्ञहरुले गरेका छन् । जसका कारण शेयर लगानीकर्ताहरु अत्तालिएका छन् ।
अब के नेपालको शेयर बजारमा पनि संकट उत्पन्न आउँला त भन्ने आम शेयर लगानीकर्ता तथा सर्वसाधारणको चासो रहेको छ । तर शेयर विश्लेषकहरुले पनि अर्थतन्त्रमा संकट उत्पन्न हुदैमा त्यसको शतप्रतिशत असर शेयर बजारमा नपर्ने बताएका छन् ।
उदाहरणको रुपमा
सन् २०१७ को अक्टुबरमा भारतीय अर्थब्यवस्थामा खराबी आउँदा शेयर बजारमा भने उल्टो प्रभाव परेको थियो । त्यसबेला शेयर बजार एकैदिन एक प्रतिशतले बढेको थियो जब कि औधोगिक बृद्धि दर एकैदिन १० प्रतिशतले घटेको थियो ।
अहिले पनि कोरोना संक्रमणका कारण भारतको अर्थब्यवस्था संकट उत्पन्न हुदा राहत प्याकेजले शेयर बजारमा उल्लेख्य सुधार भएको देखिन्छ ।
कोरोना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ र त्यहाँको अर्थब्यवस्थामा पनि चरम संकटहरु देखिको छ तर त्यहाँको शेयर बजार अर्थात डाओ जोन्समा क्रमबद्ध सुधार देखिएकै छ ।
नेपालकै सम्बन्धमा पनि विगतमा भुकम्प र नाकाबन्दीपछि अर्थब्यवस्थामा संकट देखिदा शेयर बजारमा उल्टो असर देखिएको थियो र अहिलेको कोरोना संक्रमणपछि पनि त्यस्तै हुने आँकलनहरु गरिदै छ ।
अमेरिकी शेयर बजारका ११ वटा ठूला घटाईको ईतिहास हेर्दा अर्थतन्त्र बलियो हुँदा पनि शेयर बजारमा थामिनसक्नु गिरावट आएकै छ भने अर्थतन्त्र नराम्रो हुँदा पनि बजार झन् बलियो भएरै रहेको मिश्रित अबस्था देखिएको एनबीसी न्युजले उल्लेख गरेको छ ।
घरजग्गाको कृत्रिम बढाईको बेलुुन फुटेपछि सन् २००८ को भयंकर आर्थिक मन्दीलाई हेर्दा केही समय शेयर बजारमा गिरावट आएपनि पछि क्रमशः सुधारिएको थियो । सन् २००७ मा १५६५ बिन्दुमा रहेको डाओ जोन्स १७ महिनापछि अर्थात २००९ मा ५६ प्रतिशतले तल झरेको थियो । त्यसपछि क्रमशः सुधारियो । शेयरको मूल्य धेरै घट्न नपाओस भनी सर्किट ब्रेक लगाउने चलनमा त्यही बेलादेखि तीब्र्ता आएको हो ।
यसरी हेर्दा अर्थतन्त्र र पूँजी बजार सुधार्न सरकारले लिने नीति तथा कार्ययोजनाले मात्र यसको भविष्य निर्धारण गर्छ