लकडाउन मोडल फेरिदै :बैंक तथा बित्तिय संस्था बैशाख १५ पछि खुल्छ ?

Apr Thu 2020 05:36:27

1426 views

लकडाउन मोडल फेरिदै :बैंक तथा बित्तिय संस्था बैशाख १५ पछि खुल्छ ?

काठमाण्डौ उपत्यका कोरोना संक्रमितमुक्त

काठमाण्डौ । राजधानी काठमाण्डौ उपत्यका कोरोना संक्रमितमुक्त बनेको छ । २०७७ बैशाख ११ गते विहिबार सनसिटीमा कारेना संक्रमण देखिएका दुई व्यक्ति निको भएर घर फर्किपछि काठमाडौं कारोना संक्रमितमुक्त भएको हो ।

बिहीबार डिस्चार्ज हुनेमा ८१ वर्षीया वृद्धा र उनका ५८ वर्षीय छोरा रहेका छन् ।

काठमाण्डौको टेकूस्थित अस्पतालमा आइसोलेसनमा रही उपचार गराइरहेकी देशकै दोश्रो कोरोना संक्रमित एकसाताअघि डिस्चार्ज भएकी थिइन् । त्यसपछि धादिङबाट ल्याइएका अर्का संक्रमित समेत निको भई घर फर्किसकेका छन् । 

काठमाण्डौमा क्वारेन्टाइनमा रहनेको संख्या समेत न्यून मात्र छ । 

तर जनस्वास्थ्यविज्ञहरुले उपत्यका अहिले नै कोरोना संक्रमितमुक्त भए नभएको घोषणा गर्न नमिल्ने बताएका छन् ।

काठमाण्डौमा तीव्र रुपमा परीक्षण गर्ने काम अझै भएको छैन । संभावित जोखिमका क्षेत्रहरुमा तीव्र परीक्षण गर्न सकिएको खण्डमा मात्र काठमाण्डौ र सिंगो देश पूर्ण सुरक्षित हुने विज्ञ बताउँछन् । 

 लकडाउनको कडाईपूर्वक पालना गरिएका कारण काठमाडौमा संक्रमण नदेखिएको हो भन्न सकिन्छ।

काठमाण्डौमा बैशाख १५ गतेसम्म पनि नयाँ संक्रमित भेटिएनन् भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्नसक्ने बताएको छ ।

उद्योगी व्यवसायी, बैंक बित्त क्षेत्रले उपत्यकामा रोकिएको आर्थिक गतिविधि सुचारु गरिनुपर्ने र लकडाउन केही खुकुलो बनाइनुपर्ने माग राख्न थालेका छन् ।

यसर्थ काठमाडौं उपत्यकामा थप संक्रमित नदेखिए बैशाख १५ पछिको लकडाउन खुकुलो हुनेछ र आर्थिक गतिविधिहरु सुचारु हुनेछन् । तथापी सरकार र जनस्वास्थ्य विज्ञहरुको छलफल र राय परामर्शपछि सरकारले गर्ने निर्णयमा भर पर्दछ ।