कोरोनाको बीमामा आकर्षण, एक हप्तामै ७ हजार ५ सयले बीमा गरे

Apr Fri 2020 07:08:32

751 views

कोरोनाको बीमामा आकर्षण, एक हप्तामै ७ हजार ५ सयले बीमा गरे

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि यसको असर परेको छ । कोरोनाको बीमा गराउने काम नेपालमा बीमा समितिले  सुरु गरेको छ । 

कोरोना बीमा यसरी ३०० सयमै पारिवारको बीमा गर्न सकिन्छ

यो बीमालेख प्रति नागरिकहरुको आकर्षण बढेको छ ।  बीमा सुरु भएको ५ दिनमै ७ हजार ४९९ ले बीमा गरेको बिमा समितिले जनाएको छ ।

समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ । २० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन ।

यस्तो बीमा अस्पताल तथा कर्पोरेट हाउसहरुले गराएको बीमा समितिको भनाई छ ।