ब्याज भुक्तानीमा विशेष सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

Apr Sun 2020 07:35:16

951 views

ब्याज भुक्तानीमा  विशेष सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।

कोरोना भाइरस कोभिड १९ बाट नेपालको अर्थतन्त्रलाई जोगाउन विशेष योजना सहित निर्णय लिइने  पनि गभर्नर अधिकारीले बताएका छन् ।

 कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन क्षेत्रलाई विशेष प्याकेज दिइनेछ ।