विश्वभरका बैंकहरुले ब्याजदर शुन्यमा झारे, नेपालका बैंकहरुले कति घटाए

Apr Sat 2020 08:07:31

1513 views

विश्वभरका बैंकहरुले ब्याजदर शुन्यमा झारे, नेपालका बैंकहरुले कति घटाए

कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर बैंकहरुको ब्याज सुन्य प्रतिशतमा झारेका छन् । आर्थिक संकटका बखत अमेरिकाको फेडरल रिजर्भका प्रमुखले ब्याजदर सुन्यमा झार्न विशेष कदम चाले । 

बेलायतमा बैंकहरुले पनि ब्याजदर एक प्रतिशतमुनी झारेका छन् । बैंक अफ इंग्ल्यान्डको ब्याजदर ०.७५ प्रतिशत देखि ०.२५ प्रतिशतमा सिमित पारिएको छ । यो बैंकको इतिहासमै अहिलेसम्मको कम हो ।

कोरोना भाइरसको संक्रमणले विश्वभरका अन्य बैंकहरुले पनि धमाधम ब्याजदर सुन्यको आसपासमा झारिरहेका छन् । यसबाट  नेपालका बैंकहरुमाथि पनि यो दबाब बढेको छ ।

बैंकको ब्याजदर घट्यो, कुन बैंकले कति घटाए

नेपालका वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर १ प्रतिशत घटाएका छन् । बाणिज्य बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएको जनाएका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दति निक्षेपका ब्याज दर ८.७५ प्रतिशत तोकेका छन् । संस्थागत निक्षेपकर्ताको ब्याज दर ८ प्रतिशत दिने भएका छन् । यसअघि बैंकहरुले संस्थागत निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए ।

वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि विकास बैंकहरुले  ब्याजदर घटाउने भएकाा छन् ।  विकास बैंकहरुले बचतको ब्याजदर बढीमा ६.५ प्रतिशत, व्यक्तित मुद्धती निक्षेपको ब्याजदर अधिकतम ९.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशत कायम गरेका छन् । 

अन्तत : बैंकहरुले कर्जाको ब्याजदर घटाए, कति घट्यो हेर्नुहोस्

 बैंकहरुले कर्जाको ब्याजदर पनि १ प्रतिशत घटाएका छन्