राष्ट्र बैंकको कोरोना राहत प्याकेज : कर्जाको दश प्रतिशतसम्म थप कर्जा दिन मिल्ने, ब्याजदर २ प्रतिशत

Apr Tue 2020 07:56:27

642 views

राष्ट्र बैंकको कोरोना राहत प्याकेज  : कर्जाको दश प्रतिशतसम्म थप कर्जा दिन मिल्ने, ब्याजदर २ प्रतिशत

काठमाण्डौ नेपाल राष्ट्रबैंकले  कोरोना प्रभावित व्यवसायको लागि राहतस्वरुप ब्याजदर र कर्जामा सहुलियतको प्याकेज ल्याएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना प्रभावित व्यवसायको ब्याजदर दुई प्रतिशत घटाउन सर्कुलर गरेको छ ।

 खाद्यान्न प्रशोधन र विक्री वितरण,ग्यास, सोप एन्ड केमिकल्स, औषधी, दूरसञ्चार सेवा प्रदाय, सुर्ती मदिरा उत्पादन तथा बेचविखन व्यवसाय र जलविद्युत क्षेत्रले लिएको कर्जामा भने ब्याजदर भने नघ्टने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित व्यवसायलाई चालु पुजी कर्जा दिँदा १० प्रतिशतसम्म धेरै दिनसक्ने भएका छन् । यो व्यवस्था होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ, हवाई उड्डयन, मनोरञ्जन उद्योग, अस्पताल पोल्ट्री व्यवसायको ऋणको लागि लागू हुनेछ ।

यस्तै वैशाख र जेठ महिनाको किस्ता असार मसान्तसम्म बुझाउँदा पनि जरिबाना नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।