कोरोनाका असर : अमेरिकी अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतले गिरावट

Apr Wed 2020 08:26:40

682 views

कोरोनाका असर : अमेरिकी अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतले  गिरावट

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।

यस वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखा परेको हो ।

हालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ ।

यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक संकुचनलाई देखाएको बताइएको छ ।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बैंकलहरुले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए ।

अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताहरूले कोरोना भाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको औंल्याएका हुन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि गत मार्चको मध्यदेखि अमेरिकामा २६ लाख भन्दा बढी मानिस बेरोजगार रहनुको साथै व्यावसायिक गतिविधिहरु समेत ठप्प रहेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी प्रभाव पर्नुअघि अमेरिकी अथतन्त्रमा यस वर्ष २ प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको थियो ।(एजेन्सी)