May Fri 2020 12:45:04
काठमाडौं । सरकारले आइतबादेखि शेयर बजार खुल्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बजारमा काम गर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय भएको सार्वजनिक गरेको हुन ।
लकडाउनको समयअवधि वैशाख २५ पछि शेयर कारोबार सुचारु गर्ने भएपछि नेप्सेले का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पुरानो शेयर कारोबार राफसाफ गरेर मात्र नयाँ शेयर कारोबार गर्न सकिने बताएका छन् ।
वैशाख १४ गतेकै बैठकले सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरणहरु पनि असार मसान्तसम्म बुझाउन सकिने व्यवस्था समेत गरेको छ । बाँकी राफसाफ असार सम्म गर्न सकिने सरकारको निर्णयको भने लगानीकर्ताहरुले विरोध गरेका छन् ।