हिमालयन बैंकको नाफा २ अर्ब नाघ्यो

May Sun 2020 06:24:03

788 views

हिमालयन बैंकको नाफा २ अर्ब नाघ्यो

हिमालयन बैंकले  चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ३१ हजार पुर्याएको छ । जगेडा कोषमा गत वर्षभन्दा यस वर्ष २८ प्रतिशत वृद्धि गरेको देखिएको छ । गत वर्ष यस अवधिसम्म ५ अर्ब ३० करोड ३३ लाखभन्दा बढी रहेको जगेडा कोष रकम यस वर्ष ६ अर्ब ७८ करोड ९० लाखभन्दा बढी कायम भएको छ । 

यस वर्ष बैंकले गत वर्षभन्दा ६ दशमलव ३४ प्रतिशत बढी १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ । गत आवको तुलनामा यस आवमा बैंकले १४ प्रतिशतभन्दा बढी कर्ज प्रवाह गरेर कुल कर्जा १ खर्ब ५ अर्ब ८२ करोड १० लाख पुर्याएको छ । 

गत वर्ष यस अवधिमा १ दशमलव ३१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ११ प्रतिशतमा खुम्चिएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३२ दशमलव ९६ र प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा रहेको छ । यस अवधिसम्म बैंकले २४ दशलमलव ४० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।