डिम्याट खाता र मेरो सेयरको नविकरण घरबाटै गर्न सकिने

May Sun 2020 07:18:16

1394 views

डिम्याट खाता र मेरो सेयरको नविकरण घरबाटै गर्न सकिने

काठमाडाैं - 

काठमाडाैं - एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।

यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै, एनआईसी एशिया बैंकको अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंकमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ ।